FAQs Complain Problems

भूगोल पार्क - कटारी

Read More

मिति २०७९/०२/१६ गते नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम l

Read More

कटारी नगरपालिका - कर्मचारी परिवार

Read More

नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरु, २०७९ l

Read More

परिचय

कटारी नगरपालिका नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण दिसामा अवस्थित छ । विश्वको उच्च शिखर सगरमाथा र हलेसी माहादेवको प्रवेशद्वार मानिने यस नगरपालिकाको पूर्व तिर उदयपुर जिल्लाको उदयपुरगढी गाँउपालिका र ताप्ली गाँउपालिका, पश्चिममा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जाङ्ग गाँउपालिका र खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका तथा दक्षिणमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र धनगडी नगरपलिका रहेको छ । यस नगरपालिका महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला बीच रहेकोले महाभारत श्रृङ्खला अन्तर्गत धारीला, विकट, डाँडाहरु बीच छरिएका र पातलिएका बस्तीहरु छन् । यस नगरपालिकालाई महाभारत फेदी देखि चुरे श्रृङ्खलाको बीचमा दुई वटा ठूला–ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस नगरपालिकालाई भित्री मदेशको रुपमा गणना गरिन्छ ।२०७१ सालमा कटारी नगरपालिका घोषणा गर्दा कटारी गा.वि.स. र त्रिवेणी गा.वि.स. समावेश गरिएको थियो र २०७३ सालमा आएर रिस्कु गा.वि.स., सिरिसे गा.वि.स. लिम्पटार गा.वि.स. सोरुङ्गछविसे गा.वि.स. हर्देनी गा.वि.स., मयांखु गा.वि.स. र लेखानी गा.वि.स. समावेश गरिएको छ । यस कटारी नगरपालिको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर र रहेको छ भने यस नगरलाई १४ वटा वडामा विभाजन गरिएको छ । उदयपुर जिल्लाको पश्चिम उपत्यका भित्र रहेको मदन भण्डारी सडक र सिद्धिचरण राजमार्गले छोएको यस नगरपालिकाको केन्द्र कटारी बजारमा रहेको छ । यस क्षेत्रको तापमान गर्मीमा ३५ देखि ४० डिग्री सेल्सियस सम्म पुग्छ भन्ने जाडो मौसममा २० देखि २५ डिग्री सेल्सियस सम्म पुग्दछ ।

यस नगरपालिकको प्रमुख जाती बाहुन, क्षेत्री, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, राई, गुरुङ्ग, बादी, दुलो, सार्की, तिल, सन्यासी, दशमी, मुसहर, कुत, भूर्ती, भुजुल, सुधी, हलुवाई, दास,चौधरी, साह, लिम्बु, ठकुरी, भुजेल, मल्लहा, हजाम, दनुवार, राजवंशी, राजपूत, थामी आदी मुख्य जातीको समुदाय रहेको छ ।

यहाँका मानिसहरुको आय आर्जनको मुख्य स्रोतको रुपमा खेतीपाति तथा पशुपालन व्यवसाय भएतापनि हाल नोकरी, व्यापार–व्यवसाय, साना तथा घरेलु उद्योग, सरकारी सेवाका साथै अन्य पेशामा संलग्न रहेका छन् । चुनढुँगाको खानी प्रचुर मात्रामा रहेको यस पालिकाका विभिन्न स्थानबाट चुनढुँगा सिमेण्ट उद्योगमा निर्यात भएबाट पनि यस क्षेत्रका मानिसहरु उद्योग व्यावसायमा संलग्न भएको प्रष्ट हुन्छ ।यस क्षेत्रमा धान, मकै, गहुँ प्रमुख खेती हो भने यस नगरपालिकाको पहाडी पूर्वी भेगमा आँप, कटहर, भुई कटहर तथा दक्षिण तर्फको पहाडी भेगमा अमिलो जातको फलफूल सुन्तला, कागती, ज्यामीर, जुनार, नास्पाती, निबुवा तथा अदुवाको व्यवसायीक खेती गरिन्छ ।

कटारी नगरपालिकाको महाभारत क्षेत्रमा रहेका विभिन्न वडाहरुमा चौकीभन्जाङ,  सिरिसे भञ्ज्याङ्ग, राउतखर्क, वेतिनी, गहुँबारी, चुलाथुम हुदै लेखानीको रमाइलो डाँडाहरुमा पर्यटकीय क्षेत्रहरु रहको छ । कटारी नगरपालिकाको वडा नं.११ को बेतिनीबाट तराईको समतल हरियाली फाँट देखि लिएर उत्तर तर्फको हिमाल र प्रकृतिक  दृश्यको अवलोकन गर्न सकिन्छ ।

यस नगरपालिका अन्तर्गत अस्पताल सहित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, गाँउघर क्लिनिक र यस नगरबाट संचालित नगर स्वास्थ्य संचालनमा रहेको छ भने यस नगरपालिका अन्तरगत विभिन्न तहका विद्यालय र मानविकी संकायको क्याम्पस सञ्चालनमा रहेको छ र हाल यस पालिकामा वन विज्ञान संकायको स्नातक तहको पठनपाठन सुरु समेत गरेको छ । भौगोलीक तथा विविधताले भरिपूर्ण यस कटारी नगरपालिका उदयपुर जिल्लाकै सुन्दर र रमणिय छ ।

कटारी नगरपालिकाको वडागत जनसंख्या, २०७८ तथा नगरपालिकाको क्षेत्रफल ।

वडा नं. जम्मा घर संख्या पुरुष महिला जम्मा क्षेत्रफल(वर्ग कि.मी.)
1 1550 2065 2169 4234 70.13
2 1863 2404 2622 5026 21.43
3 1579 3122 3263 6385 18.24
4 2641 4996 5382 10378 15.49
5 3085 3702 4065 7767 43.19
6 1273 1627 1880 3507 33.68
7 1697 2108 2345 4453 35.78
8 1317 2139 2230 4369 43.41
9 819 1162 1240 2402 20.77
10 1515 1534 1491 3025 34.88
11 617 851 867 1718 15.45
12 860 966 990 1956 17.73
13 699 983 981 1964 23.67
14 725 1209 1114 2323 31.05
जम्मा 20,240 28,868 30,639 59,507 424.9

कटारी नगरपालिकाको नक्शा:

map of Katari Mun

Pages

सूचना तथा समाचार

आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च
आ.व.२०७९/८० को क्षेत्रगत वजेट(प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको श्रोतगत वजेट तथा खर्च
आ.व.२०७९/८० को श्रोतगत वजेट (प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च

पदाधिकारी

नगर प्रमुख

राजेश चन्द्र श्रेष्ठ
kmunmayor@gmail.com
9852845900

उप– प्रमुख

गीता खड्का
kmundeputymayor@gmail.com
9852845915

प्रमुख प्रशासकीय अधिकृत

राजमणि निरौला
cao.katarimun@gmail.com
9852839111

सूचना तथा गुनासो सुन्ने अधिकारी

सन्जु कुमारी दाहाल

इमेलः saan.dhl22@gmail.com
सम्पर्क: 9852837437

 

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) लगत इस्टिमेट अनुसारको मुल्यांकन (विल भरपाई) सहित
२) वडाको सिफारिस
३) उपप्रमुख वा प्रमुखको काम भएको सिफारिस
४) उपभोक्ता समितिको भुक्तानीको लागि सिफारिस
५) कार्य सम्पन्न भै सकेको वा आंशिक भुक्तानी के हो? सो को बिबरण
६) उपभोक्ता समितिको अध्यक्षको निबेदन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
३) खाता संचालन गर्नेको नमुना दस्तखत
४) वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) उपभोक्ता समितिको खाता संचालक कम्तिमा ३ जनाको नाम(एक महिला अनिवार्य)
३) वडाको सिफारिस
४) योजनाको लगत इस्टिमेट
५) उपभोक्ता समितिको सम्पूर्ण सदस्यहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि
६) खाता संचालनको लागि समितिको अध्यक्ष, सचिब, कोषाध्यक्ष को फोटो

सेवा प्रकारः-
सेवा समयः- सात (७) दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) सम्भाव्यता अध्ययन
२) विस्तृत सर्वेक्षण
३)  वडा कार्यालयको सिफारिस
४) योजना संचालन गर्ने उपभोक्ता समितिको निर्णय
५)स्विकृत कार्यक्रम/ निर्णय

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - सा.बि. शाखा
सेवा शुल्कः- रु. १५००
आवश्यक कागजातहरुः-

१) संस्थाको लेखा परीक्षण प्रतिलिपि
२) कर तिरेको रसिद
३) विधानको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - राजश्व शाखा
सेवा शुल्कः- रु. ३००० देखि रु. ६००० सम्म
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , जग्गा धनि प्रमाण पत्र प्रतिलिपि र घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ

Pages

जानकारी