FAQs Complain Problems

परिचय

कटारी नगरपालिका (कनपा) उदयपुर जिल्लाको ८ स्थानीय तह मध्ये एक हो । साविकको रिस्कु, लेखानी, मयंखु, हर्देनी, लिम्पाटार, सोरुङगछविसे, सिरिसे गाउँ विकास समिति र कटारी नगरपालिका समाहित भएर यस कनपा बनेको र जम्मा १४ वटा वडाहरु रहेका छन् । कनपा ८६‍°२५’ पूर्व देखि ८६°३३’ देशान्तर र २६°३९’ उत्तर देखि २६°५१’ उत्तर अक्षांस बीचमा अवस्थित छ । यस नगरपालिकाको जम्मा क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर छ भने समूद्र सतह बाट करिव १११ मिटर  देखि २१०४ मिटर सम्म उचाई रहेको छ । नगरपालिकाको जलवायु उष्ण समशितोष्ण र उष्ण शितोष्ण रहेको छ भने वार्षिक औसत तापक्रम २२.८°C र वार्षिक औसत वर्षा करिव १६९१ मिलिमिटर छ । यस नगरपालिकामा जम्मा जनसंख्या ५६१४६ (महिला २९४२० र पुरुष २६७२६) छन् ।