हाम्रो प्रतिबद्धता, हाम्रो अभियान ! समृद्ध कटारी नगर, हाम्रो पहिचान !!

परिचय

कटारी नगरपालिका नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ । यस नगरपालिकाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ । पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको कटारी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । कटारी बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समितिहरू समावेश गरिएको थियो र २०७३ मा आएर रिस्कु गाबिस , सिरिसे गाबिस, लिम्पटार गाबिस, सोरुङ्गछविसे गाबिस, हर्देनी गाबिस, मयाखु गाबिस र लेखानी गाबिस पनि कटारी नगरपालिकामा समावेश गरिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक कटारी नगरपालिकाको कार्यालय रहेको स्थान कटारी वजारमा रहेको छ । यसको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर रहेको छ ।

स्वाइन फ्लु तथा हङकङ फ्लुबाट  सचेत रहने सम्बन्धि जानकारी 

स्वाइन फ्लु तथा हङकङ फ्लुबाट  सचेत रहने सम्बन्धि जानकारी