FAQs Complain Problems

नगरपालिकाका कर्मचारीहरु ।

Read More

दोस्रो नगर सभा २०७५ मा स्वागत गरिदै ।

Read More

प्रमुख प्रशासकिय अधिकृत, गणेश प्रसाद अर्याललाई कटारी नगरपालिकामा स्वागत गरिदै ।

Read More

भूगोल पार्क - कटारी

Read More

परिचय

कटारी नगरपालिका नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ । यस नगरपालिकाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ । पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको कटारी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । कटारी बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समितिहरू समावेश गरिएको थियो र २०७३ मा आएर रिस्कु गाबिस , सिरिसे गाबिस, लिम्पटार गाबिस, सोरुङ्गछविसे गाबिस, हर्देनी गाबिस, मयाखु गाबिस र लेखानी गाबिस पनि कटारी नगरपालिकामा समावेश गरिएको छ।

यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक कटारी नगरपालिकाको कार्यालय रहेको स्थान कटारी वजारमा रहेको छ । कटारी नगरपालिका ८६‍°२५’ पूर्व देखि ८६°३३’ देशान्तर र २६°३९’ उत्तर देखि २६°५१’ उत्तर अक्षांस बीचमा अवस्थित छ। यस नगरपालिकाको जम्मा क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर छ भने समूद्र सतह बाट करिव १११ मिटर  देखि २१०४ मिटर सम्म उचाई रहेको छ । नगरपालिकाको जलवायु उष्ण समशितोष्ण र उष्ण शितोष्ण रहेको छ भने वार्षिक औसत तापक्रम २२.८°C र वार्षिक औसत वर्षा करिव १६९१ मिलिमिटर छ । यस नगरपालिकामा जम्मा जनसंख्या ५६१४६ (महिला २९४२० र पुरुष २६७२६) छन् ।  यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन् । महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ ।

१. संक्षिप्त परिचयः

प्रदेश: प्रदेश नं. १

विकास क्षेत्रः पूर्वांचल

अंचलः सगरमाथा

जिल्लाः उदयपुर

स्थापना वर्षः वि. सं. २०७१ 

वडा संख्याः १४ 

जम्मा जनसंख्या: ५६,१४६ (२०६८ को जनगणना अनुसार ) 

समावेश गाविस: रिस्कु, लेखानी, मयंखु, हर्देनी, लिम्पाटार, सोरुङगछविसे, सिरिसे गा.वि.स. र कटारी नगरपालिका

जम्मा क्षेत्रफल: ४२४.८९ ( वर्ग कि.मी.)

२. प्रमुख विशेषताः

क) ऐतिहासिक त्रिवेणी मेला

ख) कटारी बजार

ग) साप्ताहिक शुक्रबार हाटबजार

घ) तावा नदी

ङ) कमला नदी

३. भौगोलिक अवस्थाः

हावापानीः समशीतोष्ण मनसुन

प्रमुख नदीनालाः कमला नदी, तावाखोला, ककुर खोला र मरुवा खोला

४. नगर सिमानाः

पुर्वः उदपुरगडी गाउपालिका र ताप्ली गाउपालिका

पश्चिमः सिन्धुलीको दुधौली नगरपालिका 

उत्तरः मानेभन्ज्याङ  गाउपालिका, हलेसी तुवाचुंग नगरपालिका  

दक्षिणः मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका 

News & Notices

Elected Official

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) सम्बन्धित वडाको काम सम्पन्न भएको सिफारिस
२) ठेक्काको भए मर्मत अबधि समाप्त भएको काम सम्पन्न भएको प्राबिधिक शाखाको प्रतिबेदन
३) ठेक्का सन्धर्भमा भए आन्तरिक राज्स्व कार्यालयको कर चुक्ता भएको प्रमाण पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) रितपुर्बक प्रमुख वा उपप्रमुखको आदेश वा निर्णय
२) सस्थाको निर्णय
३) काम सम्पन्न भएको संस्थाको निर्णय
५) भुक्तानी गरिदिने भनि सम्बन्धित सम्बन्धित वडा कार्यालयको सिफारिस
६) संस्थाको छाप र आधिकारिक  व्यक्तिको निबेदन  

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) लगत इस्टिमेट अनुसारको मुल्यांकन (विल भरपाई) सहित
२) वडाको सिफारिस
३) उपप्रमुख वा प्रमुखको काम भएको सिफारिस
४) उपभोक्ता समितिको भुक्तानीको लागि सिफारिस
५) कार्य सम्पन्न भै सकेको वा आंशिक भुक्तानी के हो? सो को बिबरण
६) उपभोक्ता समितिको अध्यक्षको निबेदन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
३) खाता संचालन गर्नेको नमुना दस्तखत
४) वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) उपभोक्ता समितिको खाता संचालक कम्तिमा ३ जनाको नाम(एक महिला अनिवार्य)
३) वडाको सिफारिस
४) योजनाको लगत इस्टिमेट
५) उपभोक्ता समितिको सम्पूर्ण सदस्यहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि
६) खाता संचालनको लागि समितिको अध्यक्ष, सचिब, कोषाध्यक्ष को फोटो

सेवा प्रकारः-
सेवा समयः- सात (७) दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - योजना शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) सम्भाव्यता अध्ययन
२) विस्तृत सर्वेक्षण
३)  वडा कार्यालयको सिफारिस
४) योजना संचालन गर्ने उपभोक्ता समितिको निर्णय
५)स्विकृत कार्यक्रम/ निर्णय

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

Pages

जानकारी