FAQs Complain Problems

बजेट बक्तब्य

कटारी नगरपालिकाको सम्मानित प्रथम यस नगर सभाको समुद्घाटन समारोहमा हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गरी पाल्नुहुने

आदरणिय प्रमुख अतिथि माननीय सभासद श्री भेष कुमारी राउत ज्यू
माननीय सांसद ज्यूहरु, पूर्व सांसद ज्यूहरु
मञ्चमा आसिन राजनितिकदलका प्रमुख एवं प्रतितिधि ज्यूहरु,
नगर सभाका सदस्य ज्यूहरु,
सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, 
उद्योग वाणिज्य संघ लगायत विभिन्न पेशागत संघ संगठनका प्रमुख एवं प्रतिनिधी ज्यूहरु,
नागरिक समाजका प्रतिनिधि ज्यूहरु,
पत्रकार महासंघ उदयपुरका अध्यक्ष एवं संचारकर्मी मित्रहरु,
कटारी नगरपालिकाका कर्मचारीहरु,
आमन्त्रित अतिथि ज्यूहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा कटारी नगर कार्यपालिका र स्वयं आफ्नो तर्फवाट यहांहरु सवैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन टक्रयाउंन चाहन्छु ।

    सर्वप्रथम सम्मानित प्रथम नगरसभा समक्ष आगामि आ.व.२०७४÷७५ को वार्षिक नीति,वजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय सभामा यहाँहरु माझ उभिइ रहँदा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको प्राप्ति र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएका बलिदानीपूर्ण आन्दोलनहरु मा प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरु प्रति हार्दिेक श्रद्धा सुमन अर्पण गर्दछु ।  
    प्रचुर धार्मिक एवं पर्यटकिय सम्भावना वोकेको कटारी नगरपालिकामा माहादेव गुफा, सँगेछोइलिङ वौद्ध गुम्वा, ककनी उत्तर गंगा जस्ता दर्जनौ पवित्र स्थलहरु ,साथै कृषि उत्पादनयुक्त भूभागहरु, उत्पादनको लागि वजारहरु र सो संगको निकटता र उधोग तथा कलकारखानाको विकास गरी रोजगारी प्रवद्र्धन गर्ने यस नगरपालिका क्षेत्रका  विशेषता र सम्भावनाका वाहकहरु भएको व्यहोरा अवगत गराउन  चाहन्छु । 
    सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त सवल सम्भावना भएता पनि नगरको समग्र आर्थिक, सामाजिक विकास र प्रकृयालाई अघि वढाउन हाम्रा सामु केही चुनौतिहरु पनि छन् । विकासको क्रममा पछाडि परेका वर्ग र क्षेत्रलाई विकासको मृुल प्रवाहमा समाहित गर्नु, स्थानीय स्तरमा रोजगारीका अवसरहरु वृद्धि गरी युवा जनशक्तिलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशाको संचार गराउनु, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्नु, कृषि पेशालाई अशिक्षित र गरिबको पेशाबाट सम्मानित पेशाको रुपमा रुपान्तरण गरी युवाहरुको संलग्नतालाई प्रोत्साहित गर्नु, उपलव्ध साधन श्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाहित गर्नुु,स्थानीयस्तरमा सुशासन प्रवद्र्धन गर्नु आदि विकास प्रकृयाका विद्यमान चुनौतीहरु हाम्रा सामु छन् । उल्लेखित चुनौतीहरुका वावजुद विकास प्रति सम्पूर्ण नगरवासीहरुको ऐक्यवद्धता र उत्साह तथा नगरमा कृयाशील सवै राजनीतिक दलहरु र निर्वाचित जनप्रतिनिधिहरु बीचको सुझवुझपूर्ण समझदारीले  सीमित साधन श्रोतको अधिकतम उपयोग गरी जनचाहना अनुरुप प्राथमिकताका क्षेत्रमा साधन विनियोजन गर्न सकिएको तथ्य स्मरण गर्दै आगामी दिनहरुमा समेत समझदारीको निरन्तरताले अपेक्षित उपलव्धि हासिल गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु । 
आ.व. २०७४÷०७५ को नगर विकास योजना तर्जुमा गर्दा हामीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयवाट प्राप्त मार्ग दर्शन, अर्थमन्त्रालय वाट प्राप्त बजेट सिलिङ विद्यमान ऐन नियम तथा निर्देशिका, सहश्राव्दी विकास लक्ष्य, स्थानीय पूर्वाधार विकास नीति, नगर सडक यातायात गुरुयोजना लाई  प्रमुख आधारका रुपमा लिएका छौं । 
आदरणिय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि ज्यूहरु तथा उपस्थित महानुभावहरु,

    अव म यस नगरपालिकामा गत आ.व. ०७३।७४ मा भएका विकास निर्माण कार्यका वारेमा संक्षेपमा चर्चा गर्न चाहान्छु । गत आव ०७३।७४ मा यस कार्यालयवाट सडक पक्की नाला निर्माण, निर्माणाधिन न.पा कार्यालयको भवन , वातावरणमैत्री भवन निर्माण तथा मर्मत सम्भार, सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, वृक्षारोपण, पोखरी मर्मत तथा सौन्दर्यीकरण जस्ता विकास निर्माणका कार्यहरु भएको व्यहोरा यस गरिमामय सभा समक्ष निवेदन गर्न चाहन्छु साथै नगरपालिका लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको व्यहोरा समेत सहर्स अवगत गराउन चाहन्छु । यस नगरपालिकामा लागु गरिने व्यहोरा सभा समक्ष जानकारी गराउदछु । 
आदरणिय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि ज्यूहरु तथा उपस्थित महानुभावहरु,
    नेपालले विकेन्द्रीकरणको अभ्यास गरेको ५(पांच) दशक भन्दा लामो समयसम्म विभिन्न नाम तथा संरचनाको रुपमा नगरपालिकाहरु स्थानीय सरकारको रुपमा कृयाशील रहेको पाइन्छ । जनताको नजिक रहेका निकायहरुमा जनताका लागि आवश्यक विषयमा निर्णय गर्न पाउने अधिकार प्रदान गर्नु पर्ने परिपुरण को सिद्धान्त बमोजिम नेपालको स्थानीय निकायहरुले आफूलाई प्राप्त अधिकार तथा जिम्मेवारीको अभ्यास गर्दै आएको भएता पनि संकुचित अधिकार र कार्य क्षेत्रका आधारले आसातित प्रतिफल हासिल गर्न नसकेको तथा स्मरण गर्न चाहान्छु । अव स्थानीय आर्थिक विकासको माध्यमद्वारा स्थानीय तहहरुले आफ्नो तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरी त्यसको प्रवर्धन मार्फत रोजगारी सृजना र स्थानीय स्तरमा उद्यमशीलताको प्रवद्र्धन तर्फ अग्रसर हुनु पर्ने कुरा स्पष्ट गर्न चाहान्छु । यसले गर्दा विकास भनेको पूर्वाधार निर्माण मात्रै हो तथा पूर्वाधार निर्माण नै विकास हो भन्ने विकासको आंशिक सत्यलाई नै पूर्ण सत्य मानी स्थानीय निकायहरु संचालन भैदिँदा स्थानीय निकायले आफ्नो सक्षमता आफैं पहिचान गर्न नसकेको तथा यसले देशकै सर्वाङ्गीण विकासमा योगदान गर्न नसकेको देखिएको छ । स्थानीय आर्थिक विकासबाट हासिल हुने स्थानीय रोजगारीका अवसरहरु सृजना गर्न नसकिदा वेरोजगार युवाहरु विदेशी मुलुकमा सस्तो श्रम बेच्न बाध्य हुनु परेको यथार्थ हामी कदापि भुल्न सक्दैनौं ।
आदरणिय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि ज्यूहरु तथा उपस्थित महानुभावहरु,

    आगामी बर्षको वजेट तर्जुमा गर्दा स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ ले तोके बमोजिम रकम विनियोजन गरिएको म यहाँ अवगत गराउन चाहन्छु । लक्षित समुदाय विकास कार्यक्रम तर्फ सवै जातिका विपन्न महिला, वालवालिका, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, मुस्लिम तथा पिछडा वर्ग एवं जेष्ठ नागरिकका लागि तोकिएको अनुपातमा रकम विनियोजन गरी सशक्तीकरण र मूलप्रवाहीकरणमा सहयोग पुग्ने पूर्वाधार विकास, क्षमता विकास, अभियानमूलक कार्यक्रम, सीप मुलक कार्यक्रमहरु प्रवद्र्धन गर्न निर्वाचित जनप्रतिनिधिहरुको प्रत्यक्ष जनता सँगको संलग्नातामा योजना तर्जुमा गरी योजनागत वजेट विनियोजन गरिएको छ । यसवाट आर्थिक रुपमा विपन्न तथा आर्थिक एवं सामाजिक रुपमा पछाडि परेका र पारिएका वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास  लिएको छु । 
आदरणिय प्रमुख अतिथिज्य, विशिष्ट अतिथि ज्यू, अतिथिज्यू हरु तथा उपस्थित महानुभावहरु,

    राज्यको चौथौ अंगका रुपमा रहेको संचार क्षेत्रले सार्वजनिक निकायहरुलाई नागरिक प्रति जवाफदेही वनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । नगरको विकास निर्माण गर्ने जस्ता अभियानमा संचार जगतको योगदान महत्वपुर्ण र अपरिहार्य छ । यसै तथ्यलाई मध्यनजर गरी पत्रकारिता क्षेत्रको संस्थागत विकासमा सहयोग पुरयाईने छ ।
     जनता सार्वभौम र सर्वोपरी शक्तिमात्र नभएर इतिहासका निर्माता पनि हुन् । जनताको इच्छा, आकांक्षा र चाहनाको परिपूर्तिनै लोककल्याणकारी राज्यको सर्वोपरी उद्देश्य र स्वार्थ हुन्छ । लोकतन्त्र जनतामाथि शासन गर्ने नभई जनता स्वयंले सवैको आत्मसम्मान, सहभागिता र संलग्नतालाई सुनिश्चित गरी निर्वाचित जनप्रतिनिधिहरु मार्फत आफ्नो शासन आफंै संचालन गर्ने व्यवस्था हो । स्थानीय तहहरु मार्फत स्थानीयस्तरमा स्वशासनको अनुभूति दिलाउने परिकल्पना गरिएको भएता पनि विगत लामो समय देखि स्थानीय तहको निर्वाचन हुन नसक्दा निर्वाचित जनप्रतिनिधिहरुको सवल नेतृत्वको अभावमा आधारभूत अभ्यासहरु संस्थागत हुन नसकिरहेको अवस्था हामी सवैमा विदितै छ । अतः यस अवसरमा म स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचनमा संलग्न निर्वाचन अधिकृत र कर्मचारीहरु सम्पूर्ण राजनितिकदलहरु र आम मतदाताहरु प्रति सम्मान व्यक्त गर्न चाहान्छु । 

आदरणिय प्रमूख अतिथिज्यु, विशिष्ट अतिथि ज्यू, एवं अतिथिज्युहरु,

अव म आर्थिक वर्ष ०७४।७५ को नगर विकास योजना तर्जुमा गर्दा लिइने केही क्षेत्रगत नीति तथा नगर विकास योजना तर्जुमाका आधारहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

                                                                            पूर्वाधार तथा संरचना विकास तर्फ

  • नगरक्षेत्र भित्र संस्थागत भवन  बनाउदा अपाङ्ग तथा बालमैत्री हिसाबले बनाउने नीति कायमै छ ।
  • आवधिक नगर विकास योजना, City Development Plan ,(कटारी, घुर्मी, बेलसोत, रिस्कु) भूउपयोग नक्शा, विपद् व्यवस्थापन योजना,सडक मापदण्ड्र तयार गरी कार्यान्वयनमा ल्याईने छ ।
  • वस्ती विकास,सहरी योजना तथा भवननिर्माण सम्वन्धी आधारभूत निर्माण मापदण्ड,२०७२ लाई अक्षरस पालना गरिनेछ ।
  •  कटारी वजारमा रहेका २ वटा वसपार्कहरु (उत्तरी र दक्षिणी) को स्तर उन्नती र संचालन गरिने छ । 
  • कटारी वजार एरिया भित्र सि.सि. क्यामेरा जडान गरिने नीति अवलम्वन गरिने छ । 
  • नगरपालिका क्षेत्रका प्रमुख सडकहरु तथा सहायक सडकहरुमा नाला निर्माण सहित व्यवस्थित सडकको निर्माण तथा स्तरोन्नती कार्यलाई प्राथमिकता दिईनेछ ।
  • नगर क्षेत्रका चौक तथा सडकहरुमा सडकसौर्यबत्तिको  जडान गर्ने कार्यको निरन्तरता दिइने नै छ ।
  • कटारी नगरलाई वातावरणमैत्री नगर वनाई पर्यटकीय तथा व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने नितिलाई निरन्तरता  दिईनेछ ।
  • नगरक्षेत्र भित्र आयोजना स्थलमा योजना सम्बन्धी जानकारी गराउन अनिवार्यरुपमा होर्डिंग बोर्ड राख्न लगाईने निती लाई कायमै राखिने छ ।
  • बढ्दो सार्वजनिक जग्गा तथा सडक अतिक्रमणलाई अन्य निकायहरुसंगको सहकार्यमा नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाईनेछ ।
  • यस नगरको नजिमा रहेको हलेसी महादेव मन्दिरमा दर्शन गर्ने तिर्थयात्रीहरु समेतको सुविधालाई ध्यानमा राखी कटारी–वेतेनी केवुलकारको सम्भाव्यता अध्ययन यसै वर्ष गरिने नीति आंगिकार गरिएको छ । 
  •  कटारी त्यधल एबिललष्लन लाई सडक नाला सहित कालो पत्रे गर्ने कार्यलाई निरन्तरता दिइने नीति अवलम्बन गरिने छ । 
                                                          जनसंख्या तथा सामाजिक विकास तर्फ ः—
  • महिलाहरुलाई व्यवसायिक तालिम दिई व्यवसाय संचालनतर्फ प्रेरित गराउने नीति लिइनेछ । 
  • निर्माण हुने संरचनाहरु बालबालिका मैत्री बनाइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुले स्थापना गरेर संचालन गरेका संघ संस्थालाई टेवा दिने नीति  लिइनेछ ।
  • अति गरिवीमा रहेका घरपरिवारलाई विभिन्न सहुलियतका कार्यक्रमहरुमार्फत विकास प्रयासमा मुलप्रवाहिकरण गरिने छ ।
  •  नगरका मुख्य भागमा र सम्भाब्य स्थानमा श्रोतमानै फोहोर न्यूनिकरण गरी नगरपालिकाको आन्तरिक आम्दानि समेत वृद्धि गराउन फोहोर उत्पादक संग निश्चित शुल्क लिने निति कार्यान्वयनमा ल्याईनेछ  ।
  • विकासमा सञ्चारको भूमिका बृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।
  • कुलत तथा दुव्र्यसनमा लागेका युवाहरुलाई पुनःस्र्थापनामा जोड दिइनेछ । 
  • युवा वर्गलाई कुलत, एचआईभि तथा एड्स जस्ता जोखिमहरुबाट टाडा राख्न जनचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।
  • खेलकुदको स्तर विकास गर्न नगरक्षेत्रका खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिकाबाट सम्मान तथा पुरस्कृत गरिनेछ साथै न.पा. भित्रका विभिन्न क्षेत्रमा योगदान पुर्याउने प्रवुद्ध ब्यक्तिहरुलाई पुरस्कृत, सम्मान गरिनेछ ।
  • सबै वडाहरुमा टोल विकास संस्था मार्फत सुशासन, विकास निर्माण तथा शहरी गरिवी न्यूनीकरणका लागि समुदायलाई नै उत्तरदायी बनाईनेछ । 
  • यस कटारी क्षेत्रको उत्तरी महाभार रेञ्ज क्षेत्रमा २०० सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण प्रकृया यसै वर्ष देखि थालनी गरिने नीति लिइएको छ । 
  • यस कटारी नगरमा रहेको एकमात्र उदय श्री क्याम्पसको संचालनमा आवश्यक सहयोग गरिने नै छ । 
  • कटारी वजारको मध्य भागमा रहेको कटारी अस्पताललाई स्तर उन्नती गरिने छ । 
  • महिला, बालबालिका, आदिवासी÷जनजाति, मुस्लिम, पिक्षडा वर्ग, दलित, भिन्न क्षमता भएका व्यक्ति, लैंगिक अल्प संख्यक, जेष्ठ नागरिकहरुको सशक्तिकरण, क्षमता विकास तथा शीप विकासका लागि सिपमुलक एवं चेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • आगलागी, बाढी, भुकम्प, महामारी जस्ता प्रकोपको नियन्त्रण गरी क्षति न्युनिकरण गर्न र प्रकोपको अवस्थामा उद्धार, राहत तथा पूर्नस्थापना जस्ता कार्यहरु प्रकोप ब्यवस्थापन योजना बनाई अन्य सरोकारवाला र समुदाय संग सहकार्य गरी कार्यक्रम गर्ने नीति अबलम्बन गरीनेछ ।
  • जनस्वास्थ्य प्रवद्र्धनको लागि सरसफाई र प्राथमिक स्वास्थ्यका कार्यक्रमहरु (स्वास्थ्य केन्द्र, महामारी, संक्रामक रोग, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य बस्तुहरुको बेचबिखन र उपभोगमा रोक लगाउने आदी) निजी क्षेत्र, समुदायसंग सहकार्य गरी कार्यक्रम गर्ने नीति अबलम्बन गरीनेछ ।
  • महिला हिंसामा परेका पहिला तथा सडक वालवालिकालाई संरक्षण गर्ने उदेश्यले, बहुउदेश्य केयर सेन्टर एवं सेफ हाउसको स्थापना तथा व्यवस्थापन गर्ने कार्य यसै आ.व. देखि गरिने नीति अवलम्वन गरिने छ । 
  • कमजोर आय स्तर भएका तथा बेवारिसे एवं दुर्घटनामा परेका लासलाई दाहसंस्का गर्न सजिलो होस भन्ने अभिप्रायले ताकिएको दर रेटमा जंगलमा सुकेका र सडे गलेका रुखबाट दाउरा ल्याई डिपो खडा गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिलाई अंगिकार गरिने छ । 
  • विपन्न तथा पिछडिएका वर्गका महिला हरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • यस नगरपालिकालाई बालमैत्री नगर तुल्याउने नीति अंगीकार गरिने छ ।
  • जेष्ठ नागरिकहरुको सामाजिक पहिचान, सम्मान एवं सामाजिक सुरक्षामा विशेष जोड दिईने छ ।
  • दलित एवं आदिवासी जनजातिको हक अधिकारको प्रवद्र्धन निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने छ ।
  • दलित र जनजातिका परम्परागत सीप, संस्कृति र भाषाको संरक्षण गर्ने नीति लिईने छ ।
  • नगरपलिकाको ग्रामीण क्षेत्रहरुमा जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गर्न निजी क्षेत्र एवं गै.स.स.हरु सँग समन्वय गरी प्रोत्साहित गरिने छ ।
                                                    कृषि, वन तथा वातावरण क्षेत्र तर्फ ः—
  •  स्थानीय उत्पादनको समुचित परिचालनका लागि हाटबजार सञ्चालन तथा व्यवस्थापनमा जोड दिइनेछ ।
  • स्वच्छ, स्वस्थ मासु वितरणलाई व्यवस्थित र प्रभावकारी गराउन जोड दिइनेछ ।
  • दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्न पशुपालक कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
  • बृक्षारोपण तथा बन संरक्षणको नीति अवलम्बन गरी हरितगृह प्रभाव न्यूनीकरणको नीति  लिइनेछ ।
  • वातावरण मैत्री पूर्वाधार संरचना विकासलाई विशेष प्राथमिकता दिइनेछ ।
  • नगरको तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरी प्रवद्धनको लागि निजी क्षेत्रको सहभागिता बृद्धि गर्ने नीति लिइने छ ।
  • नगरको कृषि क्षेत्रलाई लक्षित गरी यस नगरमा कृषि क्याम्पस स्थापनामा जोड दिइने नीति लिइएको छ । 
  • खाली पर्ती जग्गामा उपभोक्ता समुह, विद्यालय परिवार र नागरिक समाज मार्फत वृक्षारोपण कार्यक्रम संचालन गरिने छ । तर गत विगतमा वृक्षरोपण गरिएका वगैँचा र पार्कहरुलाई सम्भार गरिने नीतिलाई कायमै राखिएको छ । जसबाट नगरको आम्दानीको श्रोतको अभिवृद्धि गरिनेछ । 
                                                                                       जलश्रोत तथा भूमिक्षेत्र तर्फ ः—
  • शहरी खानेपानी वितरण प्रणाली लाई गुणस्तरयुक्त वनाउने निति अवलम्वन गरिने छ ।
  • विभिन्न सार्वजनिक स्थलहरुका खानेपानी गुणस्तर परिक्षण गरी सोको नतिजा सार्वजनिक गरिने छ ।
  • नगर क्षेत्रभित्रका सार्वजनिक पर्ती जग्गाहरुमा नगरपालिकाको स्वीकृति नलिई बनेका वा निर्माणाधीन भवनहरु खोज गरी त्यस्ता भवनहरुलाई नियन्त्रणमा लिर्ई कारबाहीको लागि पहल गर्ने नीति लिईनेछ ।
  • नगरको पहाडी इलाकाको हावापनी र माटो सुहाउदो अदुवा खेती अलैँचा, अम्लीसो, चिया खेती, फलफुल खेती जस्ता कृषि जन्य उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने नीति लिईने छ ।
  •                                                                                               सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ः—
  • कार्यालयको रिक्त दरबन्दीहरु पूर्तिमा जोड दिइनेछ ।
  • आवश्यकता अनुसारका विभिन्न विनियम, कार्यविधिहरुको तर्जुमा गरिनेछ ।
  •  पेश्की तथा बेरुजुलाई अहिले दखिनै कडाईका साथ नियन्त्रण गर्दै पेश्की तथा बेरुजु शुन्य पार्ने नीति अवलम्बन गरिनेछ । 
  • कर्मचारीहरुको क्षमताको विकास गरी कार्य सम्पादनको गुणस्तर अभिवृद्धि गरिने छ ।
  • कर्मचारीहरुलाई काम प्रति बढी जिम्मेवार बनाई प्रोत्साहन गर्न नगरपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई  पुरस्कृत गर्ने परिपाटिको विकास गरिनेछ ।
        साथै,
  • एकिकृत सम्पत्ति कर लागू भई सकेकोले कर प्रणालीलाई बढी सरल र प्रभावकारी बनाउन विस्तृत सम्भाव्यता अध्ययन गरिने छ ।
  • उद्योग वाणिज्य संघसँग आवश्यक सहकार्य र समन्वय गरी व्यवसायिक करलाई व्यवस्थित र प्रभावकारी बनाई सबै व्यवसायीलाई करको दायरामा ल्याउन पहल गरिनेछ ।
  • नगरपालिकाका विविध सेवाहरु लिन अतिरिक्त दस्तुर तिरी घरदैलो सेवा उपलब्ध गराईने नीति अवलम्बन गरिनेछ । 
  • कर संकलन कार्यमा संलग्न कर्मचारीहरुलाई प्रोत्साहित गर्न बार्षिक लक्ष्य भन्दा बढी कर संकलन भएमा लक्ष्य भन्दा बढी संकलन भएको रकमबाट नगर कार्यपालिका बोर्डको निर्णयानुसार उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु लाई प्रोत्साहन पुरस्कार उपलब्ध गराइनेछ ।

आदरणिय प्रमूख अतिथि ज्यू, विशेष अतिथि ज्यू एवं अतिथिज्युहरु,
नेपाल सरकारवाट कटारी असपासका ७ तत्कालिन गाविसहरु सिरिसे, रिस्कु, हर्देनी, लिम्पाटार, सोरुङ छविसे, मयंखु र लेखानी गरी यस कटारी नगरपालिकाको घोषणा भएको व्यहोरा स्मरण गराउन चाहन्छु । 
अब म आ.व. ०७४÷०७५ को आय÷व्यय विवरण प्रस्तुत गर्ने अनुमति माग्दछु । 
चालु आ.व. को कुल बजेट रु. ६९,१०,५०,९२५.०६ जुन निम्नानुसार छ । 

०७४÷०७५ आय तर्फ    ०७४÷०७५ को व्यय तर्फ
आन्तरिक आय      2,22,81,561.21    चालु    34,45,52,816.00
बाह्य आय     66,87,69,363.85          पूजिगत    34,64,98,109.06
जम्मा     69,10,50,925.06               जम्मा    69,10,50,925.06

आदरणिय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि ज्यू, लगायत सम्पूर्ण महानुभावहरु,

योजनाको दस्तावेज तयार गर्नु आफैमा महत्वपूर्ण कार्य हो, त्यो भन्दा महत्वपूर्ण कार्य त्यसको प्रभावकारी कार्यान्वयन हुनु हो । सम्वद्ध सवै पक्षको सार्थक सहयोगबाट तयार भएको यो दस्तावेजको सफल कार्यान्वयनमा समेत यहाँहरुको महत्वपूर्ण भूमिका रहने तथ्य निर्विवाद छ । यस अवसरमा विकासको सन्दर्भमा प्रभावकारी भूमिका खेल्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरु, स्थानीय, राष्ट्रिय संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्देै भोलिका दिनहरुमा समेत यथोचित सहयोग र सद्भावको अपेक्षा गरेको छु । यसै सन्दर्भमा वजेट तथा कार्यक्रमको पूर्ण विवरण, नगर विकास योजना तर्जुमाका प्रस्तुत आधार तथा लिइएको नीतिहरुको विस्तारित खाका समेटिएको पुस्तक नगर सभाको निर्णय पछी शीघ्रातिशीघ्र यहाँहरु समक्ष उपलब्ध गराउने बाचा समेत गर्दछु । साथ धेरै व्यक्ति तथा संस्थाको अथक मेहनतबाट तयार भएको नगर सभा्को निर्णय समेटिएको उक्त पुस्तक फगत एक सूचना सामाग्रीको रुपमा नरही नगरको प्राथमिकताको रुपमा नेपाल सरकारका सम्पूर्ण मन्त्रालय तथा विभागहरु, क्रियाशील सवै गैरसरकारी संस्थाहरु तथा विकासका साझेदारहरु लगायत नगरको विकासमा चिन्तनशील व्यक्ति तथा समुदायको लागि महत्वपूर्ण दस्तावेज बन्न सकोस् भन्ने सुभेच्छा समेत प्रकट गर्न चाहन्छु । र 
अन्तमा,
हाम्रो आमन्त्रणलाई हार्दिकतापूर्वक स्वीकार गरी हामिलाई हौसला, मार्ग निर्देश एवं उर्जा प्रदान गर्न पाल्नु हुने आजका प्रमुख अतिथि ज्यू,,विशेष अतिथि ज्यू,लगायत सम्पूर्ण अतिथिज्यूहरु, योजना तर्जूमाको प्रारम्भिक चरण देखि नीति,कार्यक्रम तथा वजेट प्रस्तुत गर्दा सम्मका हरेक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न रही सहयोग पुर्याउनु हुने निर्वाचित जनप्रतिनिधिहरु, वडासचिवहरु, सामाजिक परिचालकहरु, संचारमाध्यम तथा संचारकर्मीहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । त्यसै गरी नगर परिषद्को तयारीको प्रारम्भिक चरणदेखि अहोरात्र खट्ने नगरपालिकाका कार्यकारी अधिकृत तथा सवै कर्मचारी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । यस नगरले लिएको लक्ष्य हासिल गर्न स्वीकृत कार्यक्रम तथा वजेट समयमै संचालन तथा सम्पन्न गरी प्रतिफल प्राप्तिका लागि यहाँहरु सहित सम्पूर्ण नगरवासीहरुको सकृय सहभागिता र सहयोग रहनेछ भन्ने पूर्ण विश्वास राख्दै वजेट सारांश प्रस्तुति सहित आफ्ना भनाइहरु यही अन्त गर्दछु । 
।। धन्यवाद् ।।     
                                    
                                                              मिति २०७४ साल भाद्र २० गते रोज ३ शुभम् ।    
                                                                                                                                                                                                                                                                                                                                                                                                                               ज्ञानेन्द्र श्रेष्ठ
                                                                                नगर प्रमुख                                                                                                                                                                                                                                                                                                                        कटारी नगर कार्यपालिका