FAQs Complain Problems

वडा नं. ४

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
 भूपेन्द्र सिंह तामाङ्ग   वडा अध्यक्ष   9852845904   kmunward4@gmail.com 
 चन्द्र माया खड्का  सदस्य  9815722836  
 सरस्वती वि.क.  दलित महिला सदस्य   9824279776  
 लक्ष्मी थापा मगर  सदस्य  9842884098  
 जिव राज थापा   सदस्य  9842883822  

वडाको परिचय : 
उदयपुर जिल्लाको पश्चिमी भेगको महाभारत श्रृखंलाको फेदीमा अवस्थित रहेको र भित्री मधेश भएको कारण जाडोको समयमा केही बढी जाडो र गर्मीको समयमा बढी गर्मीको मौसम रहेको छ । साविक सगरमाथा अञ्चलका पहाडि जिल्ला, जनकपुर अञ्चलका सिन्धुली जिल्ला र उदयपुर जिल्लाको पश्चिमी भागको प्रमुख व्यापारी केन्दको रुपमा कटारी बजारले ओगटेको छ र कटारी बजार क्षेत्रको बढ्दो बजारीकरणको वृद्धि यसै वडामा फैलिएको पाइन्छ । कटारी बजारले कटारी नगरपालिकाको ३ नं. र ४ नं. वडाको क्षेत्र ओगटेको पाइन्छ । यस वडाले कटारी बजार नजिकै भएर बग्ने तावा नदी देखि दक्षिण उत्तरको भाग ओगटेको छ । साविक कटारी गा.वि.स. को वडा नं. ३, ५, ६ र ७ ओगटेको छ भने साविक कटारी नगरपालिकाको वडा नं. ७ र ९ को क्षेत्र ओगटेको छ । यस वडामा कटारी नगरपालिकाको नगरकार्यपालिकको भवन र कटारी बसपार्कको समेत निर्माणधिन अवस्थामा रहेको छ । कटारी नगरपालिकाको १५ वटा बेड भएको एक मात्र कटारी अस्पताल समेत यसै वडा अन्तर्गत रहेको छ । पर्यटकीय क्षेत्रको विकास गर्ने क्रममा कटारी डाँडा (खानेपानी ट्याँकी) को क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउने प्रयास भई रहेको छ । यसमा प्रमुख जातमा दनुवार, क्षेत्री, बाहुन, राई, तामाङ्ग, मगर, मधेशी, मुस्लिम र अन्य जात जातिको बसोबास रहेको छ । प्रमुख बालीको रुपमा धान, मकै, कोदो, दलहनको उत्पादन बढी भएको पाइन्छ । यहाँका मानिसहरुको आम्दानी प्रमुख श्रोतको रुपमा कृषिलाई आधार मानिएको छ । दोश्रो आम्दानीको श्रोतमा व्यापार रहेको छ । यस कटारी देखि सिद्धिचरण राजमार्गको सडक हुदै सोलुखुम्बु जिल्ला र खोटाङ्गको हलेसी महादेव हुदै दिक्तेल बजारसम्म जाने सडकको विस्तार भएको छ । यस वडामा तावा, मरुवा, ककरु खोला प्रमुख नदीका रुपमा रहेका छन । 

Population: 
10711
Ward Contact Number: 
9852845904
Email: 
kmunward4@gmail.com
क्षेत्रफल : 
15.49 sq. km