FAQs Complain Problems

योजनाहरुको रकम भुक्तानी लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

  • उपभोक्ता समितिको निवेदन ।
  • योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी ।
  • सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।
  • योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
  • सार्वजनिक परिक्षण फाराम ।
  • आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
  • अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।
  • वडा कार्यालयको सिफारिस ।
  • योजना सम्झौता तथा कार्यादेश  ।
  • रकम खर्च गरिएका बील भरपाईहरु ।